आज देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

नौलो समाचार संवाददाता
२०७६ फागुन २९, बिहिबार मा प्रकाशित २८३ पटक पढिएको
आज देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

फागुन २९, काठमाडौँ । आज बिहीबार देशको पश्चिमी क्षेत्रका केही स्थानमा हावाहुरीसँगै वर्षाको संभावना रहेको छ ।

अहिले पश्चिमका केही ठाउँसहित पूर्वका केही पहाडी भागमा बादल लागेको र पश्चिमका केही ठाउँमा दिउँसोबाट हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार बेलुका देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू–भाग लगायत मध्यका धेरै स्थानहरूमा मेघ गर्जन, चट्याङ र असिना, हावाहुरीसहित बर्षाको सम्भावना रहेको छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान तालिका
फागुन २९ गते (बिहिबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा दिउसो/साँझपख मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ।

रातीः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पहाडि भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ।

फागुन ३० गते (शुक्रबार)

दिउँसोः देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भागका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ। मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ।

रातीः देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगाएत मध्य का धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ। पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ।

चैत्र ०१ गते (शनिबार)

दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र पूर्वी भू-भागका केहि स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ।

रातीः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस