फ्रान्सबाट अाएकी एक नेपाली विद्यार्थीलाई काेराेना भएकाे पुष्टि

नौलो समाचार संवाददाता
२०७६ चैत्र १०, सोमबार मा प्रकाशित ८५८ पटक पढिएको

फ्रान्सबाट अाएकी एक नेपाली विद्यार्थीलाई काेराेना भएकाे पुष्टि

चैत १०, काठमाडौं । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक नेपाली विद्यार्थीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

फ्रान्सबाट यही चैत ४ गते नेपाल फर्किएकी १९ वर्षीया किशोरीमा कोरोना संक्रमण भेटिएको हो ।

स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले फान्समा अध्ययनरत् ती किशोरीमा संक्रमण देखिएको पुष्टि गरे ।

ती किशोरीको काठमाडौंको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

लक्षण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्न आएकी उनमा कोरोनाभाइरसको संक्रमण रहेको आइतबार (हिजो) साँझ पुष्टि भएको थियो ।

उनी नेपाल आएपछि ‘होम क्वारेन्टाइन’मा बसेकी थिइन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ती युवतीको परिवारलाई क्वारेन्टाइनमा राखिएको भन्दै उनीसँगै जहाजमा आएका अन्य मानिस कहाँ–कहाँ छन् भनेर खोजी गरिरहेको जानकारी दिए ।

नेपालमा कोरोनाभाइरसको पुष्टि भएको यो दोस्रो घटना हो । महिना दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस