पनाैती बसपार्कमा हेल्थ डेस्क स्थापना

नौलो समाचार संवाददाता
२०७६ चैत्र १०, सोमबार मा प्रकाशित १३६१ पटक पढिएको
पनाैती बसपार्कमा हेल्थ डेस्क स्थापना

चैत्र १०, पनौती (काभ्रे) । कोरोना भाइरस कोडिभ–१९ को संक्रमण हुन नदिन काभ्रेको पनौती नगरपालिकाले पनौती बसपार्कमा हेल्थ डेस्क स्थापना गरेको छ ।

काठमाण्डौं उपत्यका, कुशादेवी, सुन्थान, बेथाञ्चोक, खानीखोला गाउँपालिका लगायतका क्षेत्रमा जाने बस यहिँबाट छुट्ने भएकाले उक्त क्षेत्रबाट नगरपालिका प्रवेश गर्ने मानिसहरुको स्वास्थ्य जाँच गर्न हेल्थ डेस्क स्थापना गरिएको नगरपालिकाले जनाएको छ । हेल्थ डेस्कबाट आवश्यक स्वास्थ्य परामर्श दिनुका साथै स्वास्थ्य जाँच गरिन्छ ।

हरेक दिन १० बजेदेखी ५ बजेसम्म स्वास्थ्य जाँच गर्नका लागि हेल्थ डेस्कमा दुइ जना स्वास्थ्यकर्मी खटाइएको छ । नगरपालिकाभित्र स्वास्थ्य केन्द्र २ वटा, स्वास्थ्य चौकी ८ वटा रहेको छ भने २ वटा शहरी स्वास्थ्य केन्द्र छ । ती स्वास्थ्य संस्थाहरुमा पनि फिभर क्लिनिक सहित विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन हुने स्वास्थ्य शाखा संयोजक पुरुषोत्तम तिमल्सिनाले जानकारी दिए ।

हेल्थ डेस्कमा चेकजाँच गर्दा शंकास्पद बिरामी भेटिए उनीहरूलाई थप उपचारका लागि अस्पतालमा पठाइने व्यवस्था मिलाइएको उनले बताएका छन् । साबुन पानीले हात धोएर मात्रै हेल्थ डेस्कमा स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस