सुनचाँदीको कारोबार बन्द

नौलो समाचार संवाददाता
२०७६ चैत्र ११, मंगलबार मा प्रकाशित ८५८ पटक पढिएको
सुनचाँदीको कारोबार बन्द

चैत ११, काठमाडौँ । सरकारले मुलुक ‘लकडाउन’ गरेपछि नेपालमा सुनचाँदीको कारोबार पनि बन्द भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले सुनचाँदी कारोबार बन्द भएको जानकारी दिए ।

उनले नेपाल सुनचाँदी व्यवसायी महासंघको पदाधिकारी बैठकल सुनचाँदी कारोबार आगामी चैत २१ गतेसम्म बन्द गर्ने निणर्य गरेको जानकारी दिए ।

विश्वभर फैलिएको कोरोनाभाइरसको संक्रमण तथा रोकथामका लागि सरकारले चालेको कदको पालना गर्दै संघले कारोबार बन्द गरेको हो ।
उनले भने, सबैभन्दा ठूलो स्वास्थ्य हो । हामीले पनि ग्राहक तथा कर्मचारीको स्वास्थ्यको ख्याल राख्न जरुरी छ।’

शाक्यले यतिबेला कोरोनाभाइरसका कारणले विश्वको अर्थतन्त्रमा नै प्रभाव परिरहेका बेला सुनचाँदीमा प्रभाव पर्नु स्वभाविक भएको बताए । ‘अन्तराष्ट्रिय बजारबाट नै सुनको कारोबार बढि हुन्छ’ उनले भने ‘त्यसैले सुन कारोबार बढी प्रभावित हुन्छ ।’

यस्तै उनले सुनको मूल्य निर्धारण पनि अन्तराष्ट्रिय बजारबाट हुने भएकाले आन्तरिक बजारले मूल्य प्रभाव नपर्ने बताए। उनका अनुसार अहिले सुनको मूल्यमा पनि लकडाउन गरिएको छ। ‘सरकारले एक साताका लागि लकडाउन गरेको र सुन व्यवसाय पनि लकडाउन नै भएको छ’ उनले भने।

यस्तै शाक्यले कोरोना भाइरसका त्रासले सम्पूर्ण कर्मचारीलाई बिदा दिएको बताए । ‘गहना बनाउने कर्मचारी ९० प्रतिशत विदेशी थिए’, उनले भने, ‘उनीहरुलाई घर पठायौँ । नेपाली कर्मचारी पनि घर गएका छन् ।’

देशभरको सुन कारोबार बन्द गर्न महासंघले निर्देशन दिइसकेको शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस