काभ्रेको पाँचखालमा ५ बेडकाे अाइसाेलेसन र ६ बेड क्वारेन्टाइन तयार

नौलो समाचार संवाददाता
२०७६ चैत्र ११, मंगलबार मा प्रकाशित ५२९ पटक पढिएको
काभ्रेको पाँचखालमा ५ बेडकाे अाइसाेलेसन र ६ बेड क्वारेन्टाइन तयार

चैत ११, काभ्रे । काभ्रेको पाँचखालमा ५ बेड आइसोलेसन र ६ बेड क्वारेन्टाइन कक्ष तयार गरिएको छ । पाँचखाल नगरपालिकाले पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र दुलालथोकमा ५ बेडको आइसोलेसन कक्ष तयार पारिएको नगरप्रमुख महेश खरेलले जानकारी दिए ।

त्यस्तै नगरपालिकाले समाज कल्याण माबिमा ६ बेडको क्वारेन्टाइन कक्ष स्थापना गरेको छ । लकडाउनकाे पहिलाे दिन पाँचखालका बजार पूर्ण बन्द भएका छन् भने नगरपालिकाले आफ्नो नागरिकलाई घरभित्रै बस्न आग्रह गरेको छ ।

नगरपालिकाले भिडभाड हुने चिया पसल, धेरै कामदार भएका उद्योग, व्यवसाय, सहकारी संस्था बन्द गर्न आग्रह गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस