भाटभटेनी सुपरमार्केटले घरमै सामान पुर्‍याउने सेवा सुरु गर्‍यो

नौलो समाचार संवाददाता
२०७६ चैत्र १४, शुक्रबार मा प्रकाशित ६५० पटक पढिएको
भाटभटेनी सुपरमार्केटले घरमै सामान पुर्‍याउने सेवा सुरु गर्‍यो

चैत १४, काठमाण्डौ । भाटभटेनी सुपरमार्केटले घरमै सामान पुर्‍याउने सेवा सुरु गरेको जनाएको छ । फोन तथा सामाजिक सञ्जालमार्फत उपभोक्ताले वस्तु मगाउन सक्ने गरी होम डेलिभरी सेवा आरम्भ भएको सुपरमार्केटले जनाएको छ ।

आफूलाई आवश्यक परेको सामान अर्डर गर्न कम्पनीले उपलब्ध गराएको फोन नम्बरमा कल, म्यासेस, भाइबर र व्हाट्सएपमार्फत जानकारी गराउन सकिनेछ । साथै ग्राहकले आफ्नो नाम, फोन नम्बर र ठेगाना उपलब्ध गराउनुपर्नेछ ।

यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठूला सुपर मार्केटहरु– भागभटेनी, बिग मार्ट, सेलबेज, सेल्सबेरीलगायतलाई उपभोक्तालाई चाहिने अत्यावश्यक सामग्री ढुवानीको व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

गएको ११ गदेदेखि आउँदो १८ गतेसम्म लकडाउनु अवधि भएकोले मन्त्रालयले उपभोक्ताको माग अनुसार ढुवानीको व्यवस्था मिलाउन सुपरमार्केटहरुलाई निर्देशन दिएको हो ।
सरकारले शनिबार नेपाल वायु सेवा निगमको वाइडबडी एयरबस ३३० जहाज चीनको ग्वाङजाओ पठाउन लागेको हो। पाकिस्तानी पाइलट जावेद चौधरीको कमाण्डमा दुई जना नेपाली को–पाइलट सुनील श्रेष्ठ र एआर शाक्य चीन जाँदैछन्।

कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायत औषधिजन्य सामाग्री लिन नेपाल वायु सेवा निगमको जहाज चीनको ग्वाङजायो पठाउने तयारी भएको निगम स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस