भारतबाट लाख बढी भित्रिए, हजार पनि छैनन् क्वारेन्टाइनमा

नौलो समाचार संवाददाता
२०७६ चैत्र १७, सोमबार मा प्रकाशित ४४४ पटक पढिएको
भारतबाट लाख बढी भित्रिए, हजार पनि छैनन् क्वारेन्टाइनमा
sf7df8f}F, % r}t M sf]le8–!( /f]syfd tyf lgoGq0f pRr:t/Lo ;dGjo ;ldlt a}7s sf]le8–!( /f]syfd tyf lgoGq0f pRr:t/Lo ;dGjo ;ldltsf] a}7s l;+xb/af/l:yt k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{nodf a:b} .t:jL/M /f]zg ;fksf]6f÷/f;;

चैत १७, कैलाली । सुदूरपश्चिम प्रदेशको दुई नाकाबाट तीन सातामा एक लाखभन्दा बढी मानिस नेपाल भित्रिएका छन् । सरकारको निर्णयअनुसार काम भएको भए उनीहरु स्वदेश फर्केदेखि आफ्नै घरमा १४ दिनसम्म ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने हुन्छ ।

सुदूरपश्चिम प्रदेशमा ८८ वटै स्थानीय तहमध्ये धेरैले क्वारेन्टाइन स्थल पनि बनाएका छन् । तर भारतबाट आएकामध्ये अधिकांश क्वारेन्टाइनमा छैनन् ।

‘सहर, बजार सुनसान छ । तर, गाउँ घरमा भारतबाट आएकाहरुको लर्को छ’ इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले भने, ‘हामीलाई देखेपछि उनीहरु लुक्छन् । भारतबाट आएको होइन भन्छन् ।’

कैलालीको गौरिफन्टा नाकाबाट मात्र यो अवधिमा ४२ हजार भन्दाबढी नेपाल भित्रिएका छन् । फागुन २२ गतेदेखि गौरिफन्टा नाकाबाट मात्रै ४२ हजार ५६ जना नेपाल भित्रिएको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले बताए ।

गड्डाचौकी नाकाबाट भित्रिएकालाई पनि जोड्दा यो संख्या १ लाख ९ हजार ५६ जना पुग्छ ।

यस्तै बैतडी र दार्चुलाको नाकाबाट पनि हजारौंको संख्यामा नेपाल प्रवेश गरेका छन् । सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमन बन्द गरेपछि पनि नेपाल आउने क्रम भने रोकिएको छैन । चोर नाका हुँदै प्रवेश गर्ने क्रम चलिरहेकै छ ।

भारतका विभिन्न ठाउँबाट आएर बुधबार दिउँसोदेखि अलपत्र परेका २०६ लाई शुक्रबार बेलुकी दार्चुलाबाट उद्धार गरियो । यसअघि कैलालीको गौरिफन्टा नाकाबाट ९ सय ९८ जनाको उद्धार गरिएको थियो । उनीहरु पनि क्वारेन्टाइनमा छैनन् ।

स्थानीय तहले क्वारेन्टाइन स्थल बनाए पनि कोही बस्न नमानेको स्थानीय जनप्रतिनिधिको गुनासो छ । कैलालीको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदकाअनुसार आफ्नो क्षेत्रमा मात्र एक हजारभन्दा बढी भारतलगायतका मुलुकबाट भित्रिएका छन् । तर उनीहरुमध्ये २० जना मात्रै क्वारेन्टाइनमा छन् ।

गोदावरी नगरपालिकाले मालाखेती अस्पतालमा बनाएको क्वारेन्टाइनमा २० जना छन् । अन्य दुई स्थान खाली नै छ । मेयर साउदले भने, ‘क्वारेन्टाइनमा आउँदै आउँदैनन् । आएकाहरु पनि बस्न चाहँदैनन् ।’

कैलालीको पहाडी चुरे गाउँपालिकाको पनि अवस्था यस्तै छ । अहिलेसम्म करिब ५ सय भन्दा बढी गाउँपालिका भित्रिएका छन् तर ७ जना मात्र क्वारेन्टाइनमा छन । गाउँपालिका अध्यक्ष धनबहादुर रोकामगर भनछन्, ‘सुरुमा आएका सबै घर गए । लकडाउन लागू भएपछि आएका ७ जना मात्र
क्वारेन्टाइनमा छन् ।’

घोडाघोडी नगरपालिकाले क्वारेन्टाइन स्थल बनाएको छ तर तीन जना मात्र छन् । भारतको हल्दुवानीबाट आएका उनीहरुलाई नगरपालिकाले खानाको व्यवस्था गरेको छ । मेयर ममताप्रसाद चौधरीले भने बिदेशबाट आएकाहरुको तथ्यांक संकलन भइरहेको बताए ।

‘भारतबाट स्वास्थ्य परिक्षण नगरी आएकाहरु अहिले गाउँघरमै छन् । त्यहि कारण जोखिम बढेको छ’ उनले भने, ‘उनीहरुको निगरानी गर्न हामी तथ्यांक संकलन गर्दैछौं ।’

प्रदेश र स्थानीय सरकारले भारत तथा तेस्रो मुलुकबाट आएकाहरुलाई घरमा बस्दा पनि सुरक्षित रुपमा बस्न र स्वास्थ्यमा समस्या भए तत्काल खबर गर्न आग्रह गरेको छ । तर पालना भए नभएको अनुगमन गर्न भने कठिनाइ छ ।

स्रोत : अनलाइन खबर

प्रतिक्रिया दिनुहोस