काभ्रे रोशीमा विदेशबाट फर्किएका ९ जना क्वारेन्टाइनमा

नौलो समाचार संवाददाता
२०७६ चैत्र १७, सोमबार मा प्रकाशित ६४७ पटक पढिएको
काभ्रे रोशीमा विदेशबाट फर्किएका ९ जना क्वारेन्टाइनमा

चैत्र १७, काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा विदेशबाट फर्किएका ९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । विभिन्न देशबाट फर्किएका ९ जना नेपाली सम्पर्कमा आएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको रोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले बताएका छन् ।

विदेशबाट फर्किएका मध्य ५ जना महिला र ४ जना पुरुष रहेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकाररी दिए । ‘उहाँहरु सबैलाई सेल्फ क्वारेन्टाईनमा राखिएको छ ।’ श्रेष्ठले भने, ‘विदेशबाट फर्किएका सबैलाई गाउँपालिकाले नेपाल सरकारले तोकेको अवधिभर क्वारेन्टाइनमा बस्न आग्रह गरेबमोजिम उहाँहरु बस्नु भएको छ ।’

करिब १४ दिन क्वारेन्टाइन बस्ने क्रममा संभावित लक्षण देखा परेमा उपचारको लागि टेकु पठाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस