राहत वितरणमा अनियमितता भएको भन्दै झडप, एक प्रहरीसहित दर्जन बढी घाइते

नौलो समाचार संवाददाता
२०७६ चैत्र २३, आईतबार मा प्रकाशित ४७८ पटक पढिएको

राहत वितरणमा अनियमितता भएको भन्दै झडप, एक प्रहरीसहित दर्जन बढी घाइते

चैत २३, इटहरी । राहत वितरणमा अनियमितता गरेको भन्दै सुनसरीको दुहबीमा दुई समूहबीच झडप भएको छ । दुहवी-९ छातावलीमा दुई पक्षबीच भएको झडपमा एक प्रहरीसहित झन्डै एक दर्जन युवा घाइते भएको दुहबी प्रहरीले जानकारी दिएको छ । प्रहरी जवान अनिल यादव घाइते छन् ।

इलाका प्रहरी कार्यलय दुहबीका इन्पेक्टर प्रबिण कार्कीकाअनुसार घाइतेको अवस्था सामान्य छ भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुई पक्षबीच यसअघि पनि पटकपटक झगडा हुने गरेको कार्कीले बताए ।

राहत वितरणमा वडाध्यक्षलगायतले अनियमितता गरेको भन्दै एक स्थानीय युवाले फेसबुकमा लेखेका थिए । सोही विषयमा छलफल गर्न भेला भएको बेलामा दुई पक्षबीच झडप भएको हो । वडाले राहत वितरण आजबाट सुरु गरेको थियो । यता दुहबी-९ का वडाअध्यक्ष मेहदी हुसैनले राजनीतिक पूर्वाग्राहका कारण आरोप लगाएको र छलफलको क्रममा झडप भएको बताए ।


प्रतिक्रिया दिनुहोस