बैशाख १, काभ्रे । जिल्लामा नेपाली सेना विष्णु दल गण धुलिखेलले कोरोना संक्रमणका आशंका भएका ब्यक्तिहरुको उद्धार र उपचारका लागि तयारीका सम्बन्धमा नमुना प्रर्दशनी गरेको छ ।
नेपाली सेनाको विष्णु दल गणले कोरोना संक्रमण फैलन नदिन जनचेतना मुलक कार्यक्रमका साथै कोरोना संक्रमण आशंका भएका ब्यक्तिहरुको तत्काल उद्धार र उपचार, उपचार पछिको अवस्थाका बारेमा समेत तयारी गरेको गणपति कर्णेल सुबास खड्काले जानकारी दिए । गणले आफ्नै ब्यारेकमा भएको बुलेरो गाडी र एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।
चालकहरुको सुरक्षाका लागि पिपिई सेट, सर्जिकल माक्स, सेनिटाईजर, एम्बुलेन्समा आवश्यक पर्ने प्राथमिक उपचारका सबै सामाग्री, अक्सिजन सिलिण्डर, विरामीको श्वास समेत चालकसम्म पुग्न नसक्ने गरी एम्बुलेन्स र बुलेरो गाडीको ब्यवथापन गरेको कर्णेल खड्काले जानकारी दिनु भयो ।
नमुना प्रर्दशनी जिल्ला स्थित कमाण्ड पोष्ट तथा आपतकालिन ब्यवस्थापन कमिटीका सदस्यहरु, सल्लाहकारहरु, विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस