काभ्रेको खानीखोलामा मोटो ढिस्कोले पुरिदाँ एक जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ बैशाख ५, शुक्रबार मा प्रकाशित ६०७ पटक पढिएको
काभ्रेको खानीखोलामा मोटो ढिस्कोले पुरिदाँ एक जनाको मृत्यु

बैशाख ५, काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर ४ मा मोटोको ढिस्कोमा पुरिदाँ एक जनाको मृत्यु भएको छ । २४ बर्षीय अरिना गोलेको मृत्यु भएको पालिकाका स्वास्थ्य संयोजक रामपुकार यादबले जानकारी दिए ।

अरिनाकी बहिनी २० बर्षीय ऐरिना गोले गम्भिर घाइते भएकी छन् । त्यस्तै १२ बर्षीय एलिना गोलेको खुट्टामा गम्भिर चोट लागेको छ । त्यस्तै गरी ९ बर्षीय एलिसा गोले पनि घाइते भएको स्वास्थ्य संयोजक यादबले बताए ।

उनीहरु एकै परिवारका सदस्य हुन् । विहानै माटो खन्न पुगेका चार दिदी बहिनीलाई माटोको ढिस्कोले पुरेको हो ।

घाइतेहरुको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको छ । तर अहिलेसम्म हेलिप्टकर नपुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस