आज एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

नौलो समाचार संवाददाता
२०७७ बैशाख ५, शुक्रबार मा प्रकाशित ४७२ पटक पढिएको
आज एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

बैशाख ५, काठमाडौं । कोरोनाबाट संक्रमण हुनेको सख्या ३० पुगेको छ । आज (शुक्रबार) एकै दिन १४ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज मात्र उदयपुरका १२ जना र चितवनका २ जनामा कोरोनाको पुष्टि भएको मन्त्रालयले जनाएको छ । सबैभन्दा धैरै संक्रमित भएको नेपालमा पहिलो पटक हो ।

उदयपुरमा संक्रमित हुनेमा १२ जना नै पुरुष रहेका छन् । २० देखि ४० वर्ष उमेर समूहमा कोरोनाको संक्रमण पुष्टि भएको हो । भारतमा भएको मुस्लिम कार्यक्रमबाट नेपाल आई उदयपुरको मस्जिदमा लुकेर बसेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिइएको थियो । उनीहरु मध्ये धेरैजसो भारतीय रहेको स्रोतले बताएको छ ।

यस्तै, चितवनमा पनि २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । राप्ति नगरपालिकाका उनिहरु २७ र ६३ वर्षिय पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस