जनप्रतिनिधिको पहलमा बनेपाबाट ७ सय मजदुरको उद्धार

नौलो समाचार संवाददाता
२०७७ बैशाख ९, मंगलबार मा प्रकाशित ३३२ पटक पढिएको

जनप्रतिनिधिको पहलमा बनेपाबाट ७ सय मजदुरको उद्धार

बैशाख ९, काभ्रे । नेकपाका वागमती प्रदेश कमिटि सदस्य तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ र सिन्धुलीको सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहराको पहलमा सिन्धुलीका करिब ७ सय पैदलयात्रीहरुलाई उद्धार गरिएको छ ।

लकडाउनका कारण काठमाडौंमा रोकिएका मजदुरहरु अाज (मंगलबार) काठमाडौंका विभिन्न ठाउँबाट हिँड्दै भक्तपुरको जगाती र काभ्रेको बनेपा पुगेकाहरूलाई गाडी चढाइ गन्तव्य स्थानसम्म दोङ र बोहराकाे पहलम पुर्‍याईएको हो ।

गाडीको व्यवस्था गरेपछि एउटै गाउँ जाने मानिसहरू छुट्याएर गाडीमा चढाइएको थियो ।

काठमाडौंदेखि पैदलयात्रा गरेर थकित भएका मानिसहरु स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा गाउँ फर्किने व्यवस्था भएपछि उनीहरू खुसी भएका थिए ।


प्रतिक्रिया दिनुहोस