काठमाडौँका दुई नर्समा र्‍यापिड टेस्ट पोजेटिभ देखिएपछि टेकु अस्पतालको आइसोलेसनमा भर्ना

नौलो समाचार संवाददाता
२०७७ बैशाख ९, मंगलबार मा प्रकाशित ९३२ पटक पढिएको
काठमाडौँका दुई नर्समा र्‍यापिड टेस्ट पोजेटिभ देखिएपछि टेकु अस्पतालको आइसोलेसनमा भर्ना

बैशाख ९, काठमाडौँ । काठमाडौँमा काम गरिरहेका दुई नर्समा र्‍यापिड टेस्टका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएपछि टेकु अस्पतालमा उनीहरुको स्वाब परीक्षणका लागि लगिएको छ।

केन्द्रीय कारागार सुन्धारामा कार्यरत दुई नर्सलाई र्‍यापिड टेस्टका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनीहरुलाई मंगलबार टेकु अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले देशसञ्चारलाई जानकारी दिए।

र्‍यापिड टेस्टका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनीहरुलाई आइसोलेसनमा राखेर पीसीआर विधिबाट परीक्षण भइरहेको प्रवक्ता डा. बास्तोलाले जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस