चीनले तातोपानी नाकामा ल्याएर दियो मेडिकल सामग्री

नौलो समाचार संवाददाता
२०७७ बैशाख १०, बुधबार मा प्रकाशित ३४८ पटक पढिएको
चीनले तातोपानी नाकामा ल्याएर दियो मेडिकल सामग्री

बैशाख १०, सिन्धुपाल्चोक । उत्तरी छिमेकी चीनले कोभिड-१९ महामारीविरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपाललाई चीनको तिब्बत स्वशासित क्षेत्रले सहयोग गरेको हो।

तिब्बतले १० हजार एन ९५ मास्क, १० हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई वटा पिसिआर मेसिन, भिटिएमसहित २० हजार थान टेस्टिङ किट ५० बक्स डिसइन्फेक्सन वेट वाइप दिइएको छ।

ती सामान चिनियाँ अधिकारीले आज सिन्धुपाल्चोकको तातोपानी नाका नेपाली पक्षलाई हस्तान्तरण गरेका हुन्।  ती सामान अाजै काठमाडौं लगिएकाे छ।

चिनियाँ दूतावासले नेपाल र चीनले कोभिड-१९ महामारीविरूद्धको लडाइँमा एकअर्कालाई बलियो साथ दिएको उल्लेख गर्दै भविष्यमा पनि नेपाललाई सहायता उपलब्ध गराउन र नेपालभित्रको क्षमता वृद्धि गर्न सञ्चार र संयोजनलाई मजबुद् बनाउने बताएको छ।

प्रतिक्रिया दिनुहोस