आजको राशिफल : सिंह उत्तम, धनु अत्युत्तम

नौलो समाचार संवाददाता
२०७७ बैशाख १५, सोमबार मा प्रकाशित ३८२ पटक पढिएको
आजको राशिफल : सिंह उत्तम, धनु अत्युत्तम

वैशाख १५ गते सोमबार

मेष : दिन अत्यन्त सन्तोषजनक रहनेछ । विशेष क्रियायाशीलता र व्यस्तता बढ्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ । यश मिल्नेछ ।

वृष : दिन अनुकूल रहनेछ । धनधान्य र मधुर वाणीले परिपूर्ण गराउनेछ । आर्थिक कारोबार हुनेछ ।  मिष्ठान्न भोजन मिल्नेछ । शरीर तन्दुरुस्त हुनेछ ।

मिथुन :  दिन भाग्यवर्धक रहनेछ । मुख्य काममा गति बढ्नेछ । पढाइ लेखाइतिर मन जानेछ । अरूबाट सहयोग प्राप्त हुनेछ । पराक्रम बढ्नेछ ।

कर्कट : दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनसक्छ । निर्णय क्षतमामा दुविधा बढ्नेछ । ठूलो कामको आशा नगर्नु बेस हुनेछ ।

सिंह : दिन उत्तम रहनेछ । सामाजिक कार्यक्रमममा सहभागी भइनेछ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । इष्टमित्रसँग भेटघाट हुनेछ ।

कन्या : दिन अनुकूल रहनेछ । कामप्रति रूचि जाग्नेछ । आँटेको कामममा सफलता मिल्नेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ ।

तुला : दिन ठिक रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । शरीर स्वस्थ रहनेछ ।

वृश्चिक : दिन प्रतिकूल रहनेछ । काममा ढिलाइ हुनेछ । मन विथोलिन सक्नेछ । मुख्य कामको आशा नगर्नु नै बेस हुनेछ ।

धनु : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग पाइनेछ । प्रेम प्रसङ्क चल्नेछ । व्यापार व्यसाय बढ्नेछ ।

मकर : दिन उत्तम रहनेछ । स्वास्थ्य सबल र आमबल बढ्नेछ । शत्रु परास्त हुनेछन् । नयाँ साथीभाइ भेटिनेछन् । मन प्रसन्न रहनेछ ।

कुम्भ : दिन सार्थक रहनेछ । चिन्ताबाट मुक्ति मिल्नेछ । निर्णय क्षमतामा वृद्धि हुनेछ । मुख्य काम हात लाग्नेछ । स्वास्थ्य पनि अनुकुल हुनेछ ।

मीन : दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । मन डराउनसक्नेछ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ ।

प्रतिक्रिया दिनुहोस