माध्यमिक शिक्षाकाे परीक्षाको विकल्प छैन: राष्ट्रिय परीक्षा बोर्ड

नौलो समाचार संवाददाता
२०७७ बैशाख १८, बिहिबार मा प्रकाशित ५२७ पटक पढिएको
माध्यमिक शिक्षाकाे परीक्षाको विकल्प छैन: राष्ट्रिय परीक्षा बोर्ड

बैशाख १८, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षाकाे परीक्षा गर्नुको विकल्प नभएको जनाएको छ ।परीक्षाको सम्पूर्ण तयारी पूरा गरेर केन्द्रमा प्रश्नपत्र, उत्तरपुस्तिका लागायतका सामग्री पुगीसकेकाले परीक्षाको विकल्प नभएको बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठीमीले परीक्षा सकेर ४५ दिनभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी अघि बढाएको जनाएको छ । कोरोना संक्रमणका कारण अनिश्चित बनेको एसईई परीक्षा जेठभित्र गर्न सके समयमै नतिजा प्रकासन गर्न सक्ने परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए ।

विज्ञहरुले आन्तरिक मुल्यांकनका आधारमा विद्यार्थीलाई कक्षा चढाउन सकिने सुझाव दिइरहेका बेला परीक्षा नियन्त्रक खकुरेलले परीक्षा गराउन उचित हुने उल्लेख गरेका हुन् । राज्यले परीक्षाका लागि गर्नुपर्ने सबै तयारी भइसकेकाले परीक्षा नै सहज हुने उनको भनाई छ ।

कक्षा ११ को भर्ना पनि साउन १५ बाट शूरु हुने भएकाले परीक्षा सञ्चालनमा ढिलाई भइनसकेको उनको भनाई छ । माध्यमिक शिक्षा परीक्षा एसईई गत चैत्र ६ गतेबाट सञ्चालन गर्ने तालिका आकस्मिक रुपमा ५ गते रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस