धुलिखेल नगरपालिकालाई एक्शन एडद्वारा स्वास्थ्य सामग्री सहयोग

नौलो समाचार संवाददाता
२०७७ बैशाख २९, सोमबार मा प्रकाशित २८३ पटक पढिएको
धुलिखेल नगरपालिकालाई एक्शन एडद्वारा स्वास्थ्य सामग्री सहयोग

बैशाख २९, काभ्रे । एक्शन एड नेपालले धुलिखेल नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमबार एक्शन एडले स्वास्थ्य सामग्री मेयर अशोक कुमार ब्याञ्जुलाई हस्तान्तरण गरेको हो ।

एक्शन एडले ६ सय थान सर्जिकल मास्क, इन्फ्रा रेड थर्मामिटर ६ थान, पूरा सामाग्री सहितको पीपीई ३० सेट हस्तान्तरण गरेको छ । त्यस्तै गाउन ३० सेट, ह्याण्ड वास ३० सेट, के एन ९५ मास्क ३० थान सहित ३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिए ।

सामग्री हस्तान्तणका लागि एक्शन एडका महेश बडाल नगरपालिकामा पुगेका थिए । सहयोग प्राप्त स्वास्थ्य सामग्री नगरपालिकाभित्रका स्वास्थ्य संस्था, सञ्जीवनी माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइन र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको ल्याबका कर्मचारीका लागि प्रयोग गरिने स्वास्थ्य संयोजक केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस