जेठ २३, काठमाडौँ । देशभर अाज (शुक्रबार) बिहान सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५ को अधिकांश भागमा मध्यम वर्षा भइरहेको छ ।
अाज दिउँसो प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश ५, सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस