म्यान्मारबाट २६ जना नेपाली स्वदेश फर्किए, सबैलाई होल्डिङ सेन्टरमा लगियो

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २३, शुक्रबार मा प्रकाशित ३९३ पटक पढिएको
म्यान्मारबाट २६ जना नेपाली स्वदेश फर्किए, सबैलाई होल्डिङ सेन्टरमा लगियो

जेठ २३,काठमाडौँ  । म्यान्मारमा रहेका नेपालीहरुलाई लिएर जहाज काठमाडौँ आइपुगेको छ । म्यान्मारले आफ्नो सेनाको विमानमा राखेर नेपालीलाई स्वदेश फर्काएको हो ।

म्यान्मारबाट आज स्वदेश फर्केका २६ जना नेपालीहरुलाई विमानस्थलबाट होल्डिङ सेन्टरमा लगिएको छ । त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई नेपाली सेनाले होल्डिङ सेन्टरमा लगेको हो ।

आज बिहान स्वदेश फर्केका २६ जना मध्ये प्रदेश १ घर भएका एकजनालाई भक्तपुर र अरु सबैलाई बसुन्धरास्थित होल्डिङ सेन्टरमा राखिएको हो । केही घण्टाको आरामपछि उनीहरुलाई सेनाको टोलीले नै घर पुर्‍याउने छ ।

म्यान्मारबाट आउने नेपालीको टोलीमा सबैभन्दा बढी बागमती प्रदेशका १७ र सबैभन्दा कम प्रदेश–१ का एक जना छन्। म्यान्मारमै पीसीआर परीक्षण भएकोले आज फर्केका उनीहरु सबै २६ जनालाई होम क्वारेन्टीनमा बस्ने सुविधा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस