अाज देशभरबाट ३२ जना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या ३६५

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २४, शनिबार मा प्रकाशित ३५२ पटक पढिएको
अाज देशभरबाट ३२ जना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या ३६५

जेठ २४, काठमाडौं । आज देशभरका आइसोलेसनमा उपचाररत ३२ संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा जनकपुर प्रादेशिक अस्पतालबाट १५ जना संक्रमित निको भएर घर फर्किएका छन्। १८ देखि ४५  वर्षका एक महिलासहित १४ जना पुरुषहरु धनुषा,सर्लाही, झापा र महोत्तरीका संक्रमित १२ देखि १७औँ दिनमा आइसोलेसनबाट डिस्चार्ज भएका हुन्।

त्यसैगरि,सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेबाट २३ देखि ३५ वर्ष उमेर समुहका ४ जना व्यक्तिहरु डिस्चार्ज भएका छन्।

बाँके र गुल्मी ठेगाना भएका दुई महिला र दुई पुरुष  गरी ४ जना १५ देखि१७ औँ दिनमा डिस्चार्ज भएका हुन्।

सेती अस्पताल धनगढिबाट ६ जना डिस्चार्ज भएका छन्। उनीहरु बैतडी र अछामका ११ देखि ३८ वर्ष एक महिलासहित ५ जना पुरुष  हुन्।

सुर्खेतबाट मुगुका ३५ वर्षिया महिला र सुर्खेतका १६देखि ३६ वर्षका पुरुष गरी ७ जना डिस्चार्ज भएका छन्।

यसरी हालसम्म प्रदेश  १मा ७९, प्रदेश २ मा १३३, बागमती प्रदेशमा ३२ र गण्डकी प्रदेशमा ४ जनाले कोरोना संक्रमण जितेका छन्। त्यसैगरी, प्रदेश ५ मा ९६ र कर्णाली प्रदेशमा ९ मा सुदुरपश्चिम प्रदेशमा १३ जनाले कोरोना संक्रमण जितेका छन्।

हालसम्म २९१ पुरुष र ६६महिला गरी ३६५ जना कोरोना संक्रमणबाट निको भएका छन्।

प्रतिक्रिया दिनुहोस