पनौतीमा संक्रमितका परिवारको सदस्यमा संक्रमण नभएकाे पुष्टि, पाँचखालका दुई जनाकाे पनि रिपाेर्ट नगेटिभ

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २५, आईतबार मा प्रकाशित ३६४ पटक पढिएको
पनौतीमा संक्रमितका परिवारको सदस्यमा संक्रमण नभएकाे पुष्टि, पाँचखालका दुई जनाकाे पनि रिपाेर्ट नगेटिभ

जेेेठ २५, काभ्रे । काभ्रेको पनौती नगरपालिका वडा नम्बर ८ का कोरोना संक्रमित महिलाका परिवारका कुनै पनि सदस्यमा कोरोना संक्रमण नभएको पाइएको छ । धुलिखेल अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा संक्रमित ३९ बर्षिया महिलाका श्रीमान, सासु, ससुरा, दुई छोरी र एक छोराको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको थियो ।

६ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले पुष्टि गरे । संक्रमित परिवारका सदस्यहरुको शनिबार स्वाब संकलन गरेर धुलिखेल अस्पताल ल्याइएको थियो ।

यस्तै, डाक्टर झाका अनुसार पाँचखालका संक्रमितसँगै क्वारेन्टाइनमा बसेका अन्य दुई जनाको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । संक्रमितका परिवारलाई भने क्वारेन्टाइनमा राखिएको छ।

धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार काभ्रे जिल्लाका ५ जनामा कोरोना संक्रमण देखिएको थियो । रोशी गाउँपालिकाका ३ जना, पनौती र पाँचखाल नगरपालिकाका १/१ जनामा कोरोना देखिएको हो । संक्रमितहरुको भक्तपुर स्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

गाउँघरमै खेती पाती गर्ने पनौतीका महिलामा कोरोना संक्रमण देखिएपछि कहाँबाट कोरोना फैलियो भन्ने पत्ता लगाउन कन्ट्याक भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस