धुलिखेलमा काँग्रेसको स्यानिटाईजर वितरण अभियान जारी

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २९, बिहिबार मा प्रकाशित ५१५ पटक पढिएको
धुलिखेलमा काँग्रेसको स्यानिटाईजर वितरण अभियान जारी

जेठ २९, काभ्रे । नेपाली काँग्रेस धुलिखेल नगर समितिले दूध डेरीहरुलाई सेनिटाईजर वितरण गर्ने कार्यलाई जारी राखेको छ । काँग्रेसले बिहिबार वडा नम्बर ५ श्रीखण्डपुरमा रहेको ४ वटा दुग्ध डेरीलाई कोरोना जोखिम कम गर्न सेनिटाईजर र मास्क वितरण गरेको हो ।

स्यानेटाइजर वितरणमा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट धुलिखेल नगरपालिका मेयरका प्रत्याशि एवं काँग्रेसका प्रभावशाली नेता रमेशप्रसाद हुमागाई, जिल्ला सदस्य समिर ब्याञ्ञु श्रेष्ठ, धुलिखेल नगरपालिका वडा नं ५ का वडा अध्यक्ष एवं वडा सभापति गंगा सागर रंजित, क्षेत्रिय सदस्य सानुमैया धिमाल र युवा नेता श्याम दर्शन गणेजु सिताराम दाहाल पुग्नुभएको थियो ।

यसअघि वडा नम्बर ३ मा काँग्रेसले पानीको जार र स्यानेटाइजर वितरण गरेको थियो । त्यो बेला पानीको जारमा नेपाली काँग्रेस लेखिएको भन्दै जिल्लामा चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस