काभ्रेमा पनि सरकारकाे काम विरूद्द प्रदर्शन

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ३०, शुक्रबार मा प्रकाशित १२०६ पटक पढिएको
काभ्रेमा पनि सरकारकाे काम विरूद्द प्रदर्शन

जेठ ३०, काभ्रे । कोरोना महामारी नियन्त्रणका नाममा सरकारले गरिरहेको लापरबाही र राज्य कोषको रकम दुरुपयोग गरेको भन्दै धुलिखेल, पनौती र बनेपाका युवाले सडक प्रदर्शन गरेका छन् ।

देशभरका मुख्य सहरमा हिजो प्रदर्शन गरे पनि काभ्रेमा भने आज मात्र प्रदर्शन भएको हो ।

युवाहरुले पनाैती, धुलिखेल र बनेपामा एक घण्टा सडकमै धर्ना दिएर शान्तिपुर्ण आन्दोलनमा सहभागि भएका थिए ।

आज पनौतीको बसपार्क, धुलिखेलको सरस्वतीबजार र बनेपाकाे चारदाेबाटाेेेमा युवाहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले कुर्सीमुनि कार्पेट, कार्पेटमुनि जनता, १० अर्ब खोइ ? बाँच्दासम्म हाहाकार मरेपछि पिसिआर, आरडिटी टेस्ट बन्द गर, सबै नागरिकको पिसिआर टेस्ट अनिवार्य गर, आत्महत्याको दर हेर इम्युनिटी पावर होइन, क्वारेन्टाइन व्यवस्थित गर, नेपाली नै नरहे नेपाल कहाँ रहला, खाएर बेसार, हुँदैन कोरोनाको उपचारजस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस