बम्जन आश्रम सिन्धुलीमा प्रहरीको छापा, बम्जन अझै फरार

नौलो समाचार संवाददाता
२०७७ अषाढ ४, बिहिबार मा प्रकाशित ३७४ पटक पढिएको
बम्जन आश्रम सिन्धुलीमा प्रहरीको छापा, बम्जन अझै फरार

असार ४,सिन्धुली । (लिटिल बुद्ध) नामले चिनिने तपस्यी रामबहादुर बम्जनको सिन्धुली आश्रममा प्रहरीले छापा मारेको छ ।

बलात्कार तथा हत्याको अभियोग लागेका बम्जनको आश्रम जिल्लाको कमलामाई नगरपालिका ८ पैरे स्थित बिहीबार बाग्मती प्रदेश प्रहरीको टोली र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले छापा मारेको हो ।

पक्राउका लागि बम्जन आश्रममा छापा मारेपनि उनी आश्रममा फेला नपरेपछि आश्रमका आठ जना गुरुहरुलाई सोधपुछका लागि पक्राउ गरिएको सिन्धुली जिल्ला प्रहरी कार्यालयकी प्रमुख रञ्जु सिग्देलले जानकारी दिए ।

उनलाई पक्राउ गर्न प्रहरी र सीआईबीको टोली अाज (बिहीबार) कुकुरसहित बम्जन आश्रम पुगेको थियो, उनी त्यहाँ नभेटिएपछि जंगलभित्र ७–८ घण्टा खोजी गर्दा पनि बम्जन फेला नपरेको सिग्देलले जानकारी दिनुभयो ।

आश्रममा रहेका अनुयायीलाई बलात्कार गरेको, हत्या गरेको तथा बेपत्ता बनाएको आरोपमा किटानी जाहेरी परेपछि जिल्ला अदालत सर्लाहीले उनलाई पक्राउ गर्न अनुमति दिएससङ्गै सिन्धुली आश्रमबाट बम्जनलाई पक्राउ गर्न तेस्रो पटक पनि प्रहरी असफल भएको छ ।

प्रतिक्रिया दिनुहोस