पाल्पा पहिराे अपडेट : ज्यान गुमाउनेको सङ्ख्या ३ पुग्यो

नौलो समाचार संवाददाता
२०७७ अषाढ ८, सोमबार मा प्रकाशित ३११ पटक पढिएको
पाल्पा पहिराे अपडेट : ज्यान गुमाउनेको सङ्ख्या ३ पुग्यो

असार ८, पाल्पा । पहिरोले पुरिँदा पाल्पामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । उपचारकाे क्रममा तानसेनको युनाइटेड मिसन अस्पतालमा एक पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ ।

पाल्पाबाट रिडी गुल्मी जाँदै गरेको लु १ त १९२८ निर्माण सामाग्री बोक्ने ट्रकमा सवार दुई पुरुषको घटनास्थलमै ज्यान गएको थियो । पहिरोले तानसेन ११ मा पर्ने पाल्पा-रिडी सडक खण्डको लिपिलदेबी मन्दिरको तल सम्मोबारीमा सोमबार साँझ चार वटा सवारी साधन बगाएको थियो ।

प्रहरीका अनुसार पहिरोले ट्याङ्करसहित, बोलेरो जीप,  मिनी ट्रक र एउटा कार बगाएको हो ।

प्रतिक्रिया दिनुहोस