पाँचखाल नगरले पलाञ्चाेक भगवतीकाे गुठियारलाई दियाे २ लाखकाे सामाग्री

नौलो समाचार संवाददाता
२०७७ अषाढ १३, शनिबार मा प्रकाशित ६५० पटक पढिएको
पाँचखाल नगरले पलाञ्चाेक भगवतीकाे गुठियारलाई दियाे २ लाखकाे सामाग्री

असार १३, काभ्रे । पाँचखाल नगरपालिकाले पलाञ्चाेक भगवती मन्दिरकाे गुठियारलाई बाध्य वाधन समाग्री हस्तातरण गरेकाे छ ।

अन्तर्राष्ट्रिय स्तरमा सु-प्रशिद्व रहेकाे धार्मिक शक्तिपिठ पलाञ्चाेक भगवती मन्दिरकाे गुठियारलाई पाँचखाल नगरका उपप्रमुख लक्ष्मी दनुवार, वडा नम्बर ९ का अध्यक्ष किरण श्रेष्ठले शुक्रबार संयुक्तरुपमा उक्त सामग्री बितरण गरेका हुन् ।

बाध्य बादन पलाञ्चोक भगवति मन्दिरसँग सम्बन्धित विभिन्न मेला पर्व दैनिकी नित्यपुजा, आरति, पुजा, चन्डि पुर्णिमा मेला, बडा दशै रथयात्रा, लाखे गाईजात्रा पर्वलगाएत अन्य विशेष  पुजा पर्वहरुमा प्रयोग हुने बाद्यबादनका सामग्री ढिमे, ढमाहा, टेम्को, मवालि, कर्नाल र बेन्डबाजाको १ सेट गरि नेवार समुदायका गुठियार र दर्जि समुदायका गुठियार लाई हस्तान्तरण गरिएकाे हाे ।

आ.ब.२०७६/०७७ को पलाञ्चोक क्षेत्रका जात्रा तथा पर्व ब्यवस्थापन शिर्षकमा बिनियोजित रकमबाट दुई लाख बराबरकाे सामाग्रि खरिद गरिएको हाे ।

प्रतिक्रिया दिनुहोस