काभ्रेका क्वारेन्टाईनमा बस्नेको संख्या दुई सय नाघ्यो

नौलो समाचार संवाददाता
२०७७ अषाढ १६, मंगलबार मा प्रकाशित ५१४ पटक पढिएको
काभ्रेका क्वारेन्टाईनमा बस्नेको संख्या दुई सय नाघ्यो

असार १६, काभ्रे । जिल्लाको विभिन्न स्थानिय तहहरुको क्वारेन्टाईनमा बस्नेको संख्या दुई सय नाघेको छ । क्वारेन्टाईनमा २ सय १ जना पुरुष र ३० महिला गरि २ सय ३१ जना पुगेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

त्यस्तै काभ्रेको धुलिखेल अस्पतालमा १ हजार १ सय ६९ जनाको स्वाब संकलन गरि पिसिआर बिधिमार्फत परिक्षण गरिएको र अन्य जिल्लाको ७ हजार १ सय ९९ जनाको पिसिआर परिक्षण गरिएको पोष्टले जनाएको छ । परिक्षण भएका मध्ये ५ सय ११ जनाको पिसिआर पोजेटिभ आईसकेको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रले जिल्लाका होटलमा सुरक्षकर्मीको व्यवस्था गर्ने निर्णय गरेको छ । विदेशबाट आएर होटल क्वारेन्टाईनमा बसेकाहरु आफुखुसी हिडडुल गर्ने, परिवार सँग भेटघाट गर्ने, होटल भित्र प्रवेश गराउन थालेपछि होटलमा पनि सुरक्षाकर्मीको वयवस्थापन गर्ने केन्द्रले निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस