काभ्रेमा करिब ३५ हजारले गरे स्वास्थ्य बीमा, महिलाकाे सहभागीता पुरूषभन्दा बढी

बीमाबाट २ करोड ५३ लाख ५९ हजार संकलन
नौलो समाचार संवाददाता
२०७७ अषाढ २२, सोमबार मा प्रकाशित ७८० पटक पढिएको
काभ्रेमा करिब ३५ हजारले गरे स्वास्थ्य बीमा, महिलाकाे सहभागीता पुरूषभन्दा बढी

असार २२, काभ्रे । काभ्रेमा स्वास्थ्य बीमा गर्नेहरूकाे संख्या उल्लेखनीय रहेकाे पाईएकाे छ ।

७६ भदौ २४ गते शुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा ९ हजार ५ सय २४ परिवारका ३४ हजार ९ सय ३७ ब्यक्ति सहभागि भएका छन् । स्वास्थ बीमा बोर्ड काभ्रेपलाञ्चोकले जिल्लाका १३ वटै स्थानीय तहमा बीमा कार्यक्रम अगाडी बढाएको छ । बीमाबाट २ करोड ५३ लाख ५९ हजार ३ सय रुपैया जम्मा भएको छ ।

स्वास्थ्य बीमा गर्नेहरुमध्ये १८ हजार ९६ जना महिला छन् भने १६ हजार ८ सय ४१ जना पुरुष छन् ।

स्थानीय सरकार अन्तर्गत सबै भन्दा धेरै धुलिखेल नगरपालिकामा ७ हजार ९ सय ५६ जना ४ हजार ९९ महिला र ३ हजार ८ सय ५७ पुरुष विमित भएका छन् । बनेपा नगरपालिकामा ३ हजार ११ घर महिला र ३ हजार २ सय १४ पुरुष गरी ६ हजार ८ सय २५ जना, पाँचखाल नगरपालिकामा २ हजार ७ सय ४३ महिला र २ हजार ४ सय ९४ पुरुष गरी ५ हजार २ सय ३७ जना विमित भएका छन् ।

त्यस्तै मण्डनदेउपुर नगरपालिकामा २ हजार २ सय ३६ महिला र २ हजार ८७ पुरुष गरी ४ हजार ३ सय २३ जना, पनौती नगरपालिकामा १ हजार ९ सय ५९ महिला र १ हजार ९ सय १ पुरुष गरी ३ हजार ८ सय ५९ जना, नमोबुद्ध नगरपालिकामा ९ सय ९ महिला र ८ सय ७७ पुरुष गरी १ हजार ७ सय ८६ जनाको बीमा गरिएको छ । गाउँपालिका तर्फ भुम्लुमा ६ सय ८८ महिला र ६ सय ३९ पुरुष गरी १ हजार ३ सय २७, रोशीमा ५ सय ४२ महिला र ५ सय ४३ पुरुष गरी १ हजार ८५ जना, बेथान्चोकमा ४ सय महिला र ३ सय ७६ पुरुष गरी ७ सय ७६, चौरीदेउरालीमा ३ सय १२ महिला र २ सय ८० पुरुष गरी ५ सय ९२ जनाको बीमा गरिएको छ । तेमाल गाउँपालिकामा ३ सय ८ महिला र २ सय ७१ पुरुष गरी ५ सय ७९ जना, महाभारत गाउँपालिकामा १ सय ७२ महिला र १ सय ८४ पुरुष गरी ३ सय ५६ जना र खानिखोला गाउँपालिकामा १ सय १८ महिला र १ सय १८ पुरुष गरी २ सय ३६ जनाको बीमा गरिएको छ । जिल्लामा १८ हजार ९६ महिला र १६ हजार ८ सय ४१ जना पु्रुषको ३४ हजार ९ सय ३७ को बीमा गरिएको कार्यालय प्रमुख मुना निरौलाले जानकारी दिनु भयो ।

‘स्वास्थ्य बीमा कार्यक्रम’मा देशका सबै नागरिकलाई समेट्ने रणनीति अनुसार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जिल्लामा अभियान शुरु गरेको थियो । बीमा गरिएको परिचय पत्रको आधारमा बीमाका सदस्यहरुले सरकारले तोकेको कुनै पनि अस्पतालबाट १ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्नेछन् । पाँच जनाभन्दा माथिको परिवारको हकमा भने प्रतिव्यक्ति २० हजार बराबरको सेवा सुविधा दिइने भएको छ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ७ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ ।

१० जना बराबर २ लाख रुपैयासम्मको सेवा प्राप्त हुनेछ । काभ्रेका १ सय ३५ वडामै बीमा कार्यक्रम शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस