जोर बिजोर र सामाजिक दुरी कायममा कडाई, नमान्नेलाई मुद्दासमेत चलाइने

नौलो समाचार संवाददाता
२०७७ अषाढ २३, मंगलबार मा प्रकाशित ४०७ पटक पढिएको
जोर बिजोर र सामाजिक दुरी कायममा कडाई, नमान्नेलाई मुद्दासमेत चलाइने

असार २३, काठमाडौ । उपत्यकामा कोभिड १९ को संक्रमण फैलन थालेसँगै गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको छ । गृहको निर्देशनपछि सवारी साधनमा यात्रा गर्नेले मास्क लगाए वा नलगाएको, तोकिएभन्दा धेरै मानिसले यात्रा गरे वा नगरेको कडाइको साथ चेकजाँच गर्न थालेको छ ।

सरकारले निजी सवारी साधनलाई जोर बिजोरको आधारमा सञ्चालन गर्न दिएको छ । मोटरसाइकलमा एक जना र निजी कारमा ३ जना भन्दा बढीले यात्रा गर्न नपाउने भएपनि यसकारको यो निर्देशन पालना नभएको भन्दैले गृहले यसमा कडाई गर्न भनेको हो ।

गृहमन्त्रालयको पत्रपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५६ स्थानमा चेक प्वाइन्ट बनाएर चेकिङ बढाएको हो ।

चेकिङको क्रममा सरकारको निर्देशन पालना नगर्ने सवारीसाधनलाई कारवाही सुरु गरिएको महाशाखाले जनाएको छ ।

‘सरकारको निर्देशन पालना नगर्ने सवारी साधनलाई केही घण्टादेखि ३ दिनसम्म पनि हामीले होल्डमा राख्ने गरेका छौं । यदी कसैले अटेरी र जवर्जस्ती गरेको खण्डमा त्यसता चालकलाई मुद्दा समेत चलाउने निर्देशन रहेको छ’, उपत्यका ट्राफिक प्रहरी प्रमुख भिमप्रसाद ढकालले मेरोअटोसँग भने ।

सरकारले हिजोदेखि उपत्यकाका सडकमा हिड्नेले पनि अनिर्वायरुपमा मस्क लगाउनु पर्ने निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस