पनौतीको बनमा जुवा तास खेल्ने समूहका दुई जना पक्राउ, १३ वटा सवारीसाधान नियन्त्रयणमा

नौलो समाचार संवाददाता
२०७७ पौष १, बुधबार मा प्रकाशित ४९७ पटक पढिएको
पनौतीको बनमा जुवा तास खेल्ने समूहका दुई जना पक्राउ, १३ वटा सवारीसाधान नियन्त्रयणमा

पुष १, काभ्रे। प्रहरीले जंगलमा जुवा तास खेल्ने समूहका दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको पनौती नगरपालिका वडा नम्बर – ९ मा रहेको देवीस्थान सामुदायिक वन भित्रको चौरमा मानिसहरु जम्मा भई पैसाको सट्टे बाजि थापी हारजित हुने गरी जुवा तास खेलिरहेका छन् भन्ने सूचनाका आधारमा जंगल पुगेको प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पनौती नगरपालिका वडा नं. ९ गोबिन्द राउत र रोशी गाउँपालिका वडा नं. १ का राजकुमार न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

तास खेलिरहेको स्थानबाट प्रहरीले १ लाख, १ सय २० रुपैयाँ सहित २ वटा गाडी, १० वटा मोटरसाईकल र १ वटा स्कुटी नियन्त्रयणमा लिएको छ । फरार रहेको अन्य ब्यक्तिहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले १६ बुक तास र २ थान कार्पेट पनि बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलले पक्राउ परेकालाई “मुलुकी फौजदारी संहिता, २०७४” को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस