माघ १२, काभ्रे। कोभिड १९ को प्रभावपछि बैदेशिक रोजगारी गुमाएर नेपाल फर्केका एवं बेरोजगार नागरिकलाई सीपमूलक तालिममा सहभागी हुन पनौती नगरपालिकाले आह्वान गरेको छ । बेरोजगार नागरिकको लागि ६० वटा सीपमूलक तालिम सञ्चालन हुन लागेकाले ईच्छुकलाई सहभागी हुन नगरपालिकाले सूचना प्रकाशन गर्दै अनुरोध गरेको छ ।
लघु,घरेलु तथा साना उद्योग प्रर्बद्धन केन्द्र, त्रिपुरेश्वर काठमाडौँको वार्षिक कार्यक्रम अनुसार आर्थिक वर्ष २०७७/७८ मा कोभिड १९ को प्रभावपछि बैदेशिक रोजगार गुमाई नेपाल फर्किएका एवं मुलुकका बेरोजगार नागरिकलाई सीपमूलक तालिम सञ्चालन गर्न लागिएको कुरा सूचनामा प्रकाशित छ । ‘सीपमूलक तालिम लिई स्वरोजगार हुने एवं उद्यम सञ्चालन गराउन उत्प्रेरित गराउने उद्देश्यले ६० वटा सीपमूलक तालिम सञ्चालन हुन गइरहेको छ,’ प्रकाशित सूचनामा लेखिएको छ ।
तालिममा सहभागी हुन इच्छुक व्यक्तिले सूचना प्रकाशित मितिले १७ दिन भित्र केन्द्रको वेभसाइटमा निवेदन पेश गर्न नगरपालिकले अनुरोध गरेको छ । साथै प्रधानमन्त्री रोजगार कार्यक्रमको वेभसाइट तथा नगरपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गरेर थप जानकारी लिन सकिने नगरपालिकोले जनाएको छ ।
पनौती नगरपालिकाको सूचना
प्रतिक्रिया दिनुहोस