काभ्रेमा आज थप ४ सय १८ जनाले खाेप लगाए, नयाँ संक्रमित ३ जना थपिए

खोप लगाउनेको संख्या ७ सय ११
नौलो समाचार संवाददाता
२०७७ माघ १५, बिहिबार मा प्रकाशित ६८० पटक पढिएको
काभ्रेमा आज थप ४ सय १८ जनाले खाेप लगाए, नयाँ संक्रमित ३ जना थपिए

माघ १५, काभ्रे। काभ्रेमा आज ४ सय १८ जनाले खोप लगाएका छन् ।  हिजोबाट सुरु गरिएको कोभिडशिल्ड नामक खोप कोरोना उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र शव व्यवस्थापनका लागि खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सरसफाईकर्मी गरी आज जिल्लाका ४ सय १८ जनालाई लगाइएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले जानकारी दिए।

हाल जिल्लामा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको संख्या ७ सय ११ पुगेको छ ।

खाेप लगाएको ४ हप्तापछि फेरि लगाईसकिएका तिनै व्यक्तिहरुलाई दोहो¥याएर लगाउनु पर्नेछ  ।

जिल्लामा आज ३ जनामा संक्रमण पुष्टि

जिल्लामा कोरोना भाइरसका संक्रमित मध्ये उपचारपछि आज ४ जना डिस्चार्ज भएका छन् । यो सँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या ३ हजार २ सय ६२ पुगेका छन् । जिल्लामा आज मात्र ३ जनामा संक्रमण पुष्टि भएको छ ।

पुष्टि हुनेमा पनौती नगरपालिकाका २ जना पुरुष र बनेपाका १  जना महिला रहेका छन् । यो सँगै जिल्लामा संक्रमितको संख्या ३ हजार ३ सय ३१ पुगेको छ । जस मध्ये संक्रिय संक्रमित २४ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस