दुर्घटना कम गर्न पाँचखालका घुम्तीमोडहरु सुधारिदै

नौलो समाचार संवाददाता
२०७७ चैत्र ७, शनिबार मा प्रकाशित ८५१ पटक पढिएको
दुर्घटना कम गर्न पाँचखालका घुम्तीमोडहरु सुधारिदै

चैत ७, काभ्रे । अरनिको राजमार्ग अन्तर्रगत काभ्रेको धुलिखेल–पाँचखाल सडक खण्डमा घुम्तीमोड सुधार गर्ने काम भईरहेको छ । घुम्तीमोडहरुका कारण राजमार्गमा अघिपछिका सवारी नदेख्दा दुर्घटना हुने भएकाले मोड सुधारको काम अघि बढाइएको बताईएको छ ।

पाँचखालको खावादेखि तीनपिप्लेसम्मका १३ वटा जोखिमपूर्ण मोडहरुको सुधार गरिने भएको हो । मोड सुधार गरिएपछि राजमार्गमा अगाडी र पछाडि गुड्ने सवारीको दुरी स्पष्टसँग देखिने भएकोले सडक दुर्घटनामा न्यूनिकरण हुने विश्वास लिईएको छ ।

साथै मोड सुधार गरिएको स्थानमा पक्की नाली निर्माण र सडक बिस्तार भएको ठाउँमा ग्राभेलिङको काम समेत गरिने छ । चालु आर्थिक वर्षमा अरनिको राजमार्गको मोड सुधार र वर्षाले क्षति पु¥याएको स्थानमा ग्याबिन पर्खाल लगाउनका लागि एक करोड ६० लाख रुपियाँ रकम विनियोजन भएको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस