काभ्रेको बेथानचोकमा डढेलोले वन सखाप, तुॅंवालोले ढाक्यो गाउॅंबस्ती

नौलो समाचार संवाददाता
२०७७ चैत्र १४, शनिबार मा प्रकाशित ६७० पटक पढिएको
काभ्रेको बेथानचोकमा डढेलोले वन सखाप, तुॅंवालोले ढाक्यो गाउॅंबस्ती

चैत १४, काभ्रे । काभ्रेको दक्षिण भेगमा पर्ने बेथानचोक गाउॅंपालिका-२ स्थित खहरे सामुदायिक वन र वडा नम्बर-३ म पर्ने नारायणस्थान सामुदायिक वन क्षेत्र डढेलोको चपेटामा परेको छ ।

स्थानियहरुले दिएको जानकारी अनुसार २ दिनअघिदेखी लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको हो । लामो खडेरी र त्यससँगै जनतामा चेतनाको कमी र बुझेर पनि क्षति पु¥याउने हेपाहा प्रवृत्तिले गर्दा जिल्लाका अधिकांश वन जंगलमा दिनहुँ डढेलोको दृश्य देखिन थालेको स्थानियको भनाई छ ।
बेथानचोक लगायत जिल्लाका वन नांगो डाँडामा परिणत भएपछि त्यसरी गरिएको वृक्षरोपणबाट स्थानीय जातका साल, चिलाउनेभन्दा सल्ला जातको रुख बढी भएकाले डढेलोले चाँडो धेरै क्षेत्रमा फैलिएको हो ।

बेथानचोक स्थित नारायणस्थान सामुदायिक वन क्षेत्रमा हिजो बिहान देखी लागेको आगो अझै नियन्त्रणमा आएको छैन । विहिबार जंगलमा आगो देखिएपछी वन उपभोक्ता समिति, स्थानिय वासिन्दा, स्थानिय प्रहरीको उपस्थितीमा नियन्त्रण प्रयास गरिएको थियो । तर पनि अझै नियन्त्रणमा ल्याउन सकिरहेको छैन । बेथानचोक-२ स्थित खहरे सामुदायिक वनमा पनि भिषण डडेलो लागिरहेको छ । तुवाँलोको कारण नजिकका स्थानहरुमा आगो देखिएतापनी टाढा लागेको डडेलोको देख्न मुस्किल भइरहेको स्थानियहरु बताउॅंछन ।

डढेलो लाग्दा सोही क्षेत्रमा पाइने चिराइतो, लौठ सल्ला, पाँचऔले, पाखनवेद, जटामसीलगायत जडिबुटीसमेत लोप हुँदै गएको भन्दै बेथानचोकका बासिन्दाले गुनासो गरेका छन् । डढेलोबाट आसपासका कुनै पनि वन बाँकी रहेका छैनन् । तल्लो भेगबाट लागेको डढेलो क्रमिक रूपमा बढ्दै गएपछि वनै सखाप पुग्ने देखेपछि स्थानियहरुले गाउॅंपालिकालाई  आगो नियन्त्रणका लागि पहल गर्न आग्रह गरेका छन । नेपाल प्रहरी र स्थानीयवासी रातको समयमा पनि आगो निभाउने प्रयासमा जुट्दै आएका छन् । ‘डढेलोले गर्दा वन क्षेत्र नजिकैका स्थानीयवासीलाई आतंकित तुल्याइरहेको छ’, वन डढेलोले ठूला रुखलाई खासै असर नपारे पनि साना बोट विरुवा र जनावरलाई असर पुग्ने गरेको स्थानियहरु बताउॅंछन ।

उता घर्तिछापबाट पत्रकार होमेन्द्र रानाका अनुसार साबिक घर्तिछाप -७ र ८ मैनडाडाँ (घमाईलो) बनमा भिषण डढेलो लागिरहेको छ । उनका अनुसार वरपरका बस्ति जोखिममा छन भने अन्य क्षतिको विवरण भने आउन बाकी रहेको छ।

source: epananepal

प्रतिक्रिया दिनुहोस