चैत २६, काभ्रे। नेपाल पत्रकार महासंघ काभ्रेको निर्वाचनमा प्रेस युनियनका बद्रिराज तिमल्सिना अध्यक्ष पदमा विजयी भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा प्रेस चौतारीका अध्यक्ष उम्मेदवार नवराज वजगाँईलाई १७ मत (५१–६८) ले पछि पार्दै तिमल्सिना विजयी भएका हुन् ।
यस्तै उपाध्यक्षमा विनोदकुमार न्यौपाने, महिला उपाध्यक्षमा सुुनिता सापकोटा, सचिवमा कपिल कोईरला, सह-सचिवमा सरोज अधिकारी, समावेशी सह-सचिवमा जगतमान बल, कोषाध्यक्षमा केदार तिमल्सिना विजयी भएका छन् ।
यस्तै सदस्यहरुमा अशोक महत, देवराज केसी, मोहनकृष्ण, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया र शिवप्रसाद पन्त छन् । यसैगरी प्रदेश सदस्यमा प्रदिप केेेसी, भुवन रायमाझी, नवराज सापकोटा, भरत अधिकारी, रामनचन्द्र दनुवार, रामहरि श्रेष्ठ र लक्ष्मण तिमल्सिना विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस