धुलिखेल नगरपालिकामा ‘मेला’बाटै कम्तीमा १ सय जनालाई रोजगारीको अवसर

नौलो समाचार संवाददाता
२०८२ अषाढ १९, बिहिबार मा प्रकाशित ११६ पटक पढिएको
धुलिखेल नगरपालिकामा ‘मेला’बाटै कम्तीमा १ सय जनालाई रोजगारीको अवसर

धुलिखेल / कम्तीमा १ सय जनालाई रोजगारी दिने लक्ष्यसहित धुलिखेल नगरपालिकाको रोजगार सेवा केन्द्रले रोजगार मेला आयोजना गरेको छ ।

रोजगारदाता र रोजगारको खोजीमा रहेकालाई एकै ठाउँमा उपस्थित गराउने र दुईविच पुलको काम गर्ने उद्देश्यले नगरपालिकाले असार २६ र २७ गते मेला आयोजना गरेको सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्यले जानकारी दिए । उनका अनुसार, घाँस काट्नेदेखि प्रबन्धक (म्यानेजर) सम्मका ७० भन्दा बढी पदका लागि रोजगारदाताले प्रस्ताव गरेका छन् । धुलिखेल नगरपालिकाका होटलले प्राथमिकताका साथ प्रस्ताव गरेका छन् भने अस्पताल, विश्वविद्यालय लगायतका शैक्षिक संस्थामा पनि अवसरको लागि पहल गरिएको छ ।

रोजगारदातासंग प्रत्यक्ष सम्वाद, अन्तरवार्ता, स्वरोजगार उद्यमीका सामान प्रदर्शनी, खाना महोत्सवका साथै विभिन्न विषयमा प्यानल छलफल समेत हुने रोजगार सेवा केन्द्र प्रमुख सम्झना शर्मा नेपालले जानकारी दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले काभ्रेका अन्य स्थानीय तहका साथै छिमेकी जिल्लालाई पनि समेट्न खोजिएको बताउँदै धुलिखेल नगरपालिकाका बेरोजगारलाई प्राथमिकता दिइने बताए ।

प्रतिक्रिया दिनुहोस