पाँचखाल / अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं ६, केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकले ज्यान गुमाएका छन् ।
बुधबार बिहान पाँचखालतर्फ आउँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा कोशीपारितर्फ जाँदै गरेको बा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ घाइते भएका काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं ८ घर भएका अन्दाजी ३५ वर्षीय रुपेश खरेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरिक्षक प्रशान्त तामाङले जानकारी दिए ।
दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध गरिएकोमा अहिले सञ्चालनमा आइसकेको छ ।
प्रतिक्रिया दिनुहोस