बनेपा / विभिन्न व्यक्ति र संस्थाले इलाका प्रहरी कार्यालय बनेपालाई अत्यावश्यक सामाग्री सहयोग गरेका छन् ।
जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षतिग्रस्त प्रहरी कार्यालय, व्यारेक, मेस लगायतका लागि अत्यावश्यक सामाग्री सहयोग गरिएको हो ।
बनेपाका नृपेश बादे, रमेश शाही, महेश्वर थापा मगरबाट कम्प्युटर र प्रिन्टर १/१ सेट सहयोग गरिएको छ । काभ्रे माध्यमिक विद्यालय बनेपाले प्रेसर कुकर, ग्यास चुल्हो, कराई, डाडु, पन्यु, थाल लगायत भान्साका सामाग्री सहयोग गरेको छ ।
क्लासिक टेक बनेपाको तर्फबाट निशुल्क इन्टरनेट सुविधा प्रदान गरिएको शाखा प्रमुख निराजन रेग्मीले जानकारी दिए ।
ग्लोबल टक्या प्रालिको तर्फबाट ३०/३० थान सिरक, डस्ना र तन्ना सहयोग भएको छ । रामशरण हुमागाईले बिजुली बत्ती, प्रकाश भोछिभोयाले खानेपानी धारा सहयोग गरेका छन् भने राजकिरण, टिका नारायणले प्राविधिक सहयोग गरेका छन् ।
काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्य र यशकुमार रञ्जितले विशेष सहयोग गरेका थिए ।
यसअघि विभिन्न संघसंस्थाले इलाक प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपालाई विभिन्न सामाग्री हस्तान्तरण गरेका छन् । बेलर इन्टरनेशनल एकेडेमकी, निष्ट स्कुल, कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) काभ्रे लगायत संस्थाले विभिन्न सामाग्री सहयोग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस