धुलिखेल नगरपालिकामा पर्यटन परिषद् गठन, उपाध्यक्षमा प्रेमकण्ठ

नौलो समाचार संवाददाता
२०८२ आश्विन ११, शनिबार मा प्रकाशित ३७७ पटक पढिएको

धुलिखेल नगरपालिकामा पर्यटन परिषद् गठन, उपाध्यक्षमा प्रेमकण्ठ

धुलिखेल / धुलिखेल नगरपालिकाले पर्यटन परिषद् गठन गरेको छ।

नगर प्रमुख पदेन अध्यक्ष रहने परिषद्को उपाध्यक्षमा क्षेत्रीय होटल संघ धुलिखेलका अध्यक्ष एवं धुलिखेल लज रिसोर्टका निर्देशक प्रेम प्रेमकण्ठ माकजु उपाध्यक्ष छन् ।

परिषद्को सदस्यमा होटल सारथीका प्रल्हाद प्याकुरेल, होटल माउन्ट प्रिन्सेसका ज्योत्सना सैंजू, हिमालयन दृश्य रिसोर्टका श्यामकाजी महत, धुलिखेल माउन्टेन रिसोर्टका रिना खड्का श्रेष्ठ, दीर्घराज श्रेष्ठ, धुलिखेल नगरपालिका वडा नम्बर ३ का अध्यक्ष गणेश आचार्य, कार्यपालिका सदस्य रत्नकुमारी सेवा र क्षेत्रीय होटल संघ का अध्यक्ष पदेन सदस्य र २ जना पर्यटन विज्ञ सदस्य रहनेछन् ।

परिषद्मा नगरपालिकाका प्रशासन शाखा प्रमुख गायत्रीरमन घिमिरे, सामाजिक विकास शाखा प्रमुख विदुर गौतम, प्राविधिक रोजन ताम्राकार सदस्य र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहनेछन्।

परिषद् घोषणा गर्दै नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले विभिन्न परिषद् गठन गरेर सम्बन्धित क्षेत्रको काम सोही परिषद् मार्फत गर्न लागिएको बताए।

परिषद् पर्यटन परिषद्का उपाध्यक्ष प्रेम प्रेमकण्ठ माकजुले स्थानीय सरकारसँगको साझेदारीमा पर्यटन विकासको क्षेत्रमा विभिन्न कार्यहरू गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस