धुलिखेल/ लामो समय होटल तथा पर्यटन क्षेत्रमा योगदान दिएका श्रमिकहरुलाई सम्मान गरिएको छ ।
क्षेत्रीय होटल संघ धुलिखेल, युवा उद्यमी मञ्च, महिला उद्यमी संघ नेपाल काभ्रेपलाञ्चोक लगायतका संस्थाको सहकार्यमा धुलिखेल नगरपालिकाले विश्व पर्यटन दिवसका सन्दर्भमा गरेको अन्तरक्रिया तथा श्रम सम्मान कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको हो ।
सम्मानित हुनेमा होटल क्षेत्रमा ४६ वर्ष देखि कार्यरत ७८ बर्षीय सेफ विष्णु खत्री, होटल हिमालयन होराईजनमा ३३ वर्ष देखि कार्यरत थमनाथ ढुंगाना, धुलिखेल लज रिसोर्टमा २१ वर्ष देखि कार्यरत राजेन्द्र रिमाल, होटल द्वारिकाजमा १९ वर्ष देखि कार्यरत आशा शाही, धुलिखेल माउन्टेन रिसोर्टमा १५ वर्ष देखि कार्यरत कुमारी पुरी, होटल माउन्ट प्रिन्सेसमा १० वर्ष देखि कार्यरत गिताकुमारी स्याङतान र होटल सारथीमा ७ वर्ष देखि कार्यरत इन्दिरा सिलवाल छन् ।
धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, धुलिखेल पर्यटन परिषद्का कार्यकारी उपाध्यक्ष प्रेमकण्ठ माकजु, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोद न्यौपानेलगायतले उनीहरुलाई सम्मान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस