दुमो बचतमा जीबनको नेतृत्व

नौलो समाचार संवाददाता
२०८२ कार्तिक ३०, आईतबार मा प्रकाशित २५२ पटक पढिएको

दुमो बचतमा जीबनको नेतृत्व

नाला / बनेपा नगरपालिका वडा नं ४ मा रहेका दुमो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जीबन मंग्राती निर्वाचित भएका छन् ।

सहकारीको १६ औं बार्षिक साधारण सभा एवंम ५औं अधिवेशनले मंग्रातीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्णमाया मिजार, सचिवमा कुमार रम्तेल, कोषाध्यक्षमा केशब बोगटी र सदस्यहरूमा मिलन परियार, विकास रम्तेल र निरमाया खड्का छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामकृष्ण परियार र सदस्यमा शिवहरि मिजार, कृष्णबहादुर बोगटी निर्वाचित भएका हुन् ।

क्षेत्रगत रूपमा १२ ठाउँमा इकाई भेला गरि साधारणसभा सम्पन्न भएको हो ।

१करोड ५६ लाख सात हजार ६ सय शेयर पुँजी रहेको सहकारीले ९ करोड ६४ लाख ३८ हजार ९ सय ५९ रुपैयाँ निक्षेप संकलन गरी ८ करोड ९१ लाख ६५ हजार ३ सय ९ रुपैयाँ ऋण लगानी गरेको छ । २ हजार ८ सय ४५ जना शेयर सदस्य छन् ।

नवनिर्वाचित अध्यक्ष मंग्रातीले निकट भविष्यमा शेयर पँुजी २ करोड पुर्याउने, संस्थाको कारोबारलाई प्रबिधिमैत्री बनाउदै सदस्यहरुलाइ छिटो छरितो भरपर्दो सेवा प्रदान गर्ने र पाँचखाल र पनौती नगरपालिकामा कार्यक्षेत्र विस्तार गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस