सामुदायिक बचतले सम्पन्न गर्यो साधारण सभा

नौलो समाचार संवाददाता
२०८२ कार्तिक ३०, आईतबार मा प्रकाशित १६४ पटक पढिएको

सामुदायिक बचतले सम्पन्न गर्यो साधारण सभा

पनौती / पनौती नगरपालिका वडा नं ४ टौखालस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं वार्षिक साधारण सभा इकाइगत रुपमा सम्पन्न्न भएको छ ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन पालना गर्दै सहकारीले कार्तिक २८ र २९ गते बनेपा, काठमाडौं, पाँचखाल, भकुण्डेवेशी, पनौती, कुशादेवी र ढुंखर्क गरी ७ इकाइमा साधारणसभा सम्पन्न गरेको हो ।

पनौती एकाइ अन्तर्गत मुख्य कार्यालयमा भएको साधारणसभा संस्थाका संस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठ र संस्थापक सदस्य सुरथ थापाले संयुक्त रुपमा उद्दघाटन गरेका थिए ।

संस्थाका अध्यक्ष मुकुन्द शर्माको सभाध्यक्षामा भएको साधारणसभामा संस्थाका निवर्तमान अध्यक्ष एवं जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोकका सचिव प्रकाश बन्जारा, निर्वाचन उपसमिति संयोजक इन्द्र प्रसाद अधिकारीसमेतको उपस्थिति थियो । संस्थामा रिक्त रहेको लेखा सुपरिवेक्षण समितिको सदस्य (महिला) पदमा उपनिर्वाचनमार्फत पनौती वडा नं ६ का रन्जु सापकोटा निर्विरोध निर्वाचित भएकी छन् ।

काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाडौं, मकवानपुर र सिन्धुली गरी ६ जिल्ला कार्यक्षेत्र रहेको संस्थाको आ.व. २०८१/०८२ को अन्तसम्ममा कुल ६० हजार ८ सय ६६ जना शेयर सदस्य, कुल पुँजी ५ अर्ब ९८ करोड ३० लाख ९३ हजार ९ सय ३१ रुपैयाँ, जगेडा कोष ४६ करोड ५५ लाख ८३ हजार ९ सय ८२ रुपैयाँ, शेयर पुँजी ४९ करोड ३८ लाख ८ हजार ६ सय रुपैयाँ, बचत संकलन ४ अर्ब २७ करोड ९८ लाख ७४ हजार ६ सय ९३ रुपैयाँ, लगानीमा रहेको ऋण ४ अर्ब ३६ करोड ३० लाख ८ हजार ९ सय ८६ रुपैयाँ रहेको छ । आ.व. २०८१/ ०८२ मा संस्थाले ४ करोड ३ लाख १२ हजार १५४ रुपैयाँ नाफा आर्जन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस