काभ्रेको मण्डनदेउपुरमा सोमबारदेखि टिपर सञ्चालन गरे २५ हजार जरिवाना

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ३२, आईतबार मा प्रकाशित ७५० पटक पढिएको
काभ्रेको मण्डनदेउपुरमा सोमबारदेखि टिपर सञ्चालन गरे २५ हजार जरिवाना

जेठ ३२, काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिकाले टिपर, ट्रक र ट्रयाक्टर सञ्चालनमा रोक लगाएको छ । आज (आइतबार) नगरका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले एक सूचना जारी गर्दै यसरी रोक लगाएको हो ।

‘यस नगरपालिका भित्रका कच्ची सडकहरुमा मिति २०७७ साल असार १ गतेदेखि मिति २०७७ साल भदौ ३१ गतेसम्म टिपर, ट्रक र ट्रयाक्टर सञ्चालनमा रोक लगाउने मिति २०७७ साल जेष्ठ ३२ गतेको नगर कार्यपालिकाले निर्णय गरेको हुँदा जिरोकिलो सिपाघाट सडक बाहेक अन्य सम्पूर्ण कच्ची सडकहरुमा टिपर, ट्रयाक्टर सञ्चालन नगर्न नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ सूचनामा उल्लेख छ ।

नगरपालिका भित्र हुने विकास निर्माण कार्यहरुका हकमा भने सम्बन्धित निर्माण व्यवसायी कम्पनी तथा उपभोक्ता समितिको माग र वडाहरुको सिफारिसका आधारमा नगरपालिकाबाट पास उपलब्ध गराइने जनाएको छ । विना पास सञ्चालन गरेमा टिपर र ट्रकलाई प्रति पटक २५ हजार रुपैयाँ र ट्रयाक्टरलाई प्रति पटक १५ हजार रुपैयाँ जरिवाना हुने सूचनामा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस