डिजेल र मट्टितेलमा १४, पेट्रोलमा ५ रुपैयाँले बढ्यो मूल्य

नौलो समाचार संवाददाता
२०८० श्रावण ३०, मंगलबार मा प्रकाशित ९५८ पटक पढिएको

डिजेल र मट्टितेलमा १४, पेट्रोलमा ५ रुपैयाँले बढ्यो मूल्य

साउन ३०, काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ।

नेपाल आयल निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो।

निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ।

यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

समायोजन भएको मूल्य मंगलबार रातिबाट लागू हुनेछ।


प्रतिक्रिया दिनुहोस