पनौती २ र ३ वडामा राहत बितरण

नौलो समाचार संवाददाता
२०७६ चैत्र २५, मंगलबार मा प्रकाशित ३६५ पटक पढिएको
पनौती २ र ३ वडामा राहत बितरण

चैत्र २५, काभे । काभ्रेको पनौती नगरपालिका वडा नं २ र ३ ले वडाका अति बिपन्न परिवारहरुको लागि राहत खाद्यन्न बितरण गरेको छ ।

बिश्वमा फैलिरहेको कोरोनाको कारण नेपाल सरकारले लकडाउन गरे संगै अति बिपन्न परिवारहरुको लागि नगरपालिका बाट बितरण गरिएको खाद्यन्न प्याकेज राहत बितरण गरिएको छ ।

पनाैती वडा नं २ को कार्यालयबाट वडाका बिपन्न परिवारहरु अम्बर बहादुर तामाङ, साइली तामाङ, बिष्णु तामाङ, हेम बहादुर नेपाली, गणेश नेपाली, बुद्धबिर कामि, चमेली नेपाली, कान्छी बिक र गोकुल बिकको परिवारलाई राहत प्याकेज बितरण गरिएको वडा नं २ का अध्यक्ष पुरुषोतम अधिकारीले जानकारी दिए । नगरपालिका बाट प्राप्त राहत खाद्यन्न वडा कार्यालयको टिमबाट छनोट गरेर वडाका अति बिपन्न १० घर परिवारलाई बितरण गरिएको वडा अध्यक्ष अधिकारीले बताए ।

त्यसैगरी वडा नं ३ वडा कार्यालयले पनि राहत बितरण गरेको छ । ३ नम्ववर वडामा लुरे तामाङ, सन्तबहादुर तामाङ, आइत बहादुर तामाङ, पुर्णमाया कर्मचार्या, मैया सापकोटा, बुधे तामाङ, राममाया सापकोटा, गंगा श्रेष्ठ, श्याम नेपाली र सिता सापकोटालाई नगरपालिकाबाट प्राप्त राहत प्याकेज बितरण गरिएको वडा अध्यक्ष किशोर थापाले जानकारी दिए । वडामा नगरपालिकाबाट प्राप्त १० जना परिवारको लागि आएका राहत वडाको छनोटमा बितरण गरिएको वडा अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस