काभ्रेका दुई युवाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभण

नौलो समाचार संवाददाता
२०७७ बैशाख ३, बुधबार मा प्रकाशित ७९९ पटक पढिएको
काभ्रेका दुई युवाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभण

बैशाख ३, काभ्रे । हिजो र्यापिड टेष्टमा पोजेटिभ देखिएका काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ का १ जना र मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ का १ जना युवाको स्वाब परिक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

उनीहरुलाई हिजो नै धुलिखेल अस्पतालमा ल्याएर आइसोलेसन कक्षमा राखिएको थियो । आज परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

धुलिखेल अस्पतालमा रामेछाप स्थायी ठेगाना भई हाल बनेपा नगरापालिकामा अस्थायी रुपमा बसोबास गर्ने २ जना र सनसिटी अपार्टमेन्टमा बस्ने धुलिखेल नगरपालिका वडा नम्बर ७ का एक जना युवाको पनि स्वाब भइरहेको छ ।

काभ्रे जिल्लामा बुधबार ५० जना समेत गरी जम्मा २६३ जनाको र्यापिट टेष्ट विधि मार्फत कोरोना भाइरसको परिक्षण गरिएको छ । काभ्रेमा फागुन ३० गतेदेखि हालसम्म विदेशबाट २२१ जना भित्रिएका छन् । जिल्लामा १३ वटा आइसोलेसन कक्ष रहेको छ । त्यस्तै २८८ शैयाको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

आज लकडाउन उल्लंघन गर्ने २३ वटा मोटरसाइकल, ४ वटा स्कुटर र २ वटा कार गरी २९ वटा सवारी साधन कारबाहीमा परेका छन् । त्यस्तै ८३ जना पैदल यात्रुलाई पनि नियन्त्रणमा लिएर भक्तपुरबाट आउनेलाई भक्तपुर तर्फ नै र सिन्धुलीबाट आउनेलाई सिन्धुली तर्फ फर्काएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । प्रशासनले सिमा नाकामा कडाइ गरेपछि हिडेरै घर जान लागेको यात्रुहरु विचल्निमा परेका छन् ।

अरनिको र बीपी राजमार्गमा अनावश्यक हिडडुल गर्ने ब्यक्ति र अत्यावश्यक सेवा बाहेकका सवारी साधन सञ्चालनमा पूर्ण निषेध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस