२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्लामा फेरि लकडाउन गर्न सकिने

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ३०, शुक्रबार मा प्रकाशित ४९९ पटक पढिएको
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्लामा फेरि लकडाउन गर्न सकिने

जेठ ३०,काठमाडौँ । सरकारले दुई सयभन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्लामा फेरि लकडाउन लम्ब्याउन सकिने गरी नयाँ मापदण्ड बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको नयाँ मापदण्डमा तीन प्रकारको व्यवस्था गरिएको छ ।

दुई सयभन्दा बढी संक्रमित भेटिएको जिल्लामा लकडाउन गर्न सकिने भन्दै मन्त्रालयले ५१ जनादेखि दुई सय संक्रमित देखिएको मध्यम प्रकृतिको जिल्लामा तोकिएको समयमा तोकिएको काम गर्न पाइनेछ ।

५१ जनाभन्दा कम प्रभावित जिल्लालाई सुरक्षित मान्दै मन्त्रालयले त्यसक्रममा अपनाउनुपर्ने अरु मापदण्ड तोकेको हो । जिल्लाको वर्गिकरणका क्रममा स्वास्थ्य मन्त्रालयको ‘कमाण्ड केन्द्र’को सिफारिस अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस