शनिबार ६ देशबाट फर्किए ११ सय ९१ नेपाली, मलेसियाबाट अायाे ११ नेपालीको शब

नौलो समाचार संवाददाता
२०७७ अषाढ ६, शनिबार मा प्रकाशित ४५३ पटक पढिएको

शनिबार ६ देशबाट फर्किए ११ सय ९१ नेपाली, मलेसियाबाट अायाे ११ नेपालीको शब

असार ६, काठमाण्डौ । आज विभिन्न देशबाट ११ सय ९१ जना नेपाली स्वदेश फर्किएका छन् । जापानको नारिताबाट २४५ जना, कोरियाबाट २२८, कुवेतबाट १५० जना, यूएईको सारजहाबाट १६८ जना, मलेसियाबाट २४५ र बंगलादेशको ढाकाबाट १५५ जना नेपाली स्वदेश फर्किएका नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

यस्तै आज २६१ जना नेपाली कोरियन एअरमार्फत कोरिया गएका छन् भने २८६ कतार ट्रान्जिट हुँदै कतार एअरवेजमार्फत विभिन्न देश गएका छन् ।

मलेसियाबाट नेपाली लिएर आएको जहाजमार्फत ११ जना नेपालीको शव पनि आएको छ । लामो समयदेखि मलेसियामा रोकिएका शव आज आएको हो । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि शव पनि ल्याउन सकिएको थिएन । यस्तै कुवेतले पनि २ जना नेपालीको शव आज ल्याएको छ ।

यस्तै साउदीमा समस्यामा परेका नेपाली ल्याउन नेपाल एअरलाइन्स साउदीका लागि उडेको छ भने आज राती यूएईको दुबई र हिमालय एअरलाइन्स कतारको दोहा जाँदैछ ।


प्रतिक्रिया दिनुहोस