पछिल्लो २४ घण्टामा थपिए १०८ जना कोरोना संक्रमित

नौलो समाचार संवाददाता
२०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ४६१ पटक पढिएको

पछिल्लो २४ घण्टामा थपिए १०८ जना कोरोना संक्रमित

असार २५,  काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १०८ जनामात्र नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार ५ सय ३१ पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

केही सातामा थपिएको संक्रमणमा यो सबैभन्दा कम संख्या हो ।

पछिल्लो २४ घण्टामा १ सय ३९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको मात्र पीसीआर परीक्षण भएको छ ।

हाल २४ हजार ४ सय २५ जना क्वारेन्टिनमा बसेका छन् ।

त्यस्तै ८ हजार ६ सय ५ जना आइसोलेसनमा रहेका छन् ।

पाँच जिल्ला धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ्ग र हुम्ला कोरोनामुक्त भएका छन् ।

अहिलेसम्म कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस